Logo

Banner-news

‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’ लाई गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न प्रस्ताव


GDP नेपाल
   १३ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नका लागि नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ ।

निर्माण सम्पन्न भइसकेको विमानस्थलमा उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो उडान गर्ने जहाजमा विभिन्न प्रकारका परीक्षण गर्ने उपकरणहरु जडान गरिएका हुन्छन् ।

यस परीक्षणबाट नवनिर्मित विमानस्थल प्रयोगमा आउन सक्ने वा नसक्ने कुरा प्रष्ट हुन्छ । यसका लागि अन्य देशबाट उपकरणलगाएत दक्ष विज्ञ आउन सम्भव नभएपछि प्राधिकरणले भारतीय निकायलाई प्रस्ताव गरेको बताइएको छ ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह