काठमाडौँ ।
नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्यसमिति चयन भएको छ ।
सेयर बजारका पुराना लगानीकर्ताहरुको संघको आज सम्पन्न वार्षिक साधारणसभाबाट तुलसीराम ढकालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । यस्तै, संघको प्रथम उपाध्यक्षमा राजन लम्साल र उपाध्यक्षमा अञ्जिव तुलाधार चयन भएका छन् ।
त्यस्तै, दुर्गा तिवारी महासचिवमा, विश्वेश्वर सुवेदी सचिवमा र हरिचन्द्र खनाल कोषाध्यक्षमा तथा अम्बिका शर्मा, सिर्जना सुवेदी र अतितलाल श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
प्रतिक्रिया