Logo

विकास / पूर्वाधार

राजविराजमा तीन करोड ७३ लाख बराबरको अक्सिजन प्लान्ट


GDP नेपाल
   १४ भाद्र २०७८, सोमबार


राजविराज ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ ।

सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताउनुभयो । तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको र चाँडैनै अस्पतालमा जडान गरिने उहाँले बताउनुभयो । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।

यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताउनुभयो । हाल अस्पतालमा सात वटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

प्रकाशित : १४ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह