Logo

विकास / पूर्वाधार

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा


GDP नेपाल
   १५ भाद्र २०७८, मंगलबार


पाल्पा ।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।

अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो ।

तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि रु एक करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि रु तीन करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण कार्य पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

जिल्लामा निशेधाज्ञा फितलो भएसँगै कोरोना सङ्क्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका निम्ति चाहिने विद्युत्लगायतका अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य सुरु हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिको निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारका निम्ति सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताउनुभया कुँवरले बताउनुभयो ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह