Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकमा पहिलो महिला सीईओ भइन्- अनुपमा खुँजेली


appharu
   ३० चैत्र २०७४, शुक्रबार


जीडीपी नेपाल
काठमाडौं, ३० चैत
नेपालको बैंकिङ इतिहासमै पहिलोपटक क वर्गको वाणिज्य बैंकले महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । वैंकिङ क्षेत्रको ८० वर्षे इतिहासलाई ब्रेक थ्रु गर्ने अवसर पाएकी छन्- बैंकर अनुपमा खुँजेलीले ।

मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी हुन् ।
मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ । बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि सरु हुनेछ ।

अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।

तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगामा पुगेकी थिइन्। यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन्। ‘एक महिलालाई वाणिज्य बैंकको नेतृत्व दिने सञ्चालक समितिको निर्णय प्रति म आभारी छु’, अनुपमाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह