Logo

मुख्य समाचार

लुम्बिनी प्रदेश: शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा


GDP नेपाल
   १८ भाद्र २०७८, शुक्रबार


बुटवल।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद हेरफेर गरिएको छ।

अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ भने आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।

शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन र ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह