Logo

मुख्य समाचार

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब बीस करोड


GDP नेपाल
   १८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् । भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ ।

भारत सरकारको अनुदान सहयोगमा सात जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५०,००० वटा घर निर्माण भइरहेका छन् ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह