Logo

Banner-news

सेयर बजारमा पहिरो, गभर्नर अधिकारीको राजीनामा माग


GDP नेपाल
   २० भाद्र २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । नेप्से पाँच प्रतिशतभन्दा बढीले घटेपछि आइतबार अपरान्ह ४० मिनेट कारोबार बन्द भएको थियो । रोकिएको कारोबार फेरि सुरु भएको छ। राष्ट्र बैंकले सेयर कर्जामा कडाई गरेपछि साताको पहिलो दिन आइतबार कारोबार समयको पहिलो दुई घण्टामा नेप्से १ सय ४७.३१ अंकले घटेको थियो । ६० भन्दा बढी कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा झरेका छन् ।

गभर्नर अधिकारीको राजीनामा माग

नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै लगानीकर्ताहरुले कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । त्यस्तै, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा समेत माग गरिएको छ । सेयर बजारमा नेगेटिभ सर्किट लागेपछि रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले १५ बुँदे माग राख्दै गभर्नरको राजीनामा माग गरेको हो ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह