Logo

Sub-banner

‘स्मार्टस्पिक’ सार्वजनिक


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौं ।

प्रविधिको प्रयोगमार्फत नेपालको परम्परागत शिक्षा पद्धतिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएर स्थापना भएको दक्ष नेपाल प्रा.लिले ‘स्मार्टस्पिक’ नामक उत्पादन सार्वजनिक गरेको छ ।

‘स्मार्टस्पिक’ प्रविधिमैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो । प्रविधिको सहयोगमार्फत तयार गरिएको रचनात्मक स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ । नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्त शृङ्खलामा किताब तथा स्मार्टस्पिक उपलब्ध रहेको छ ।

स्मार्टस्पिक विषेश गरी १८ महिर्नादेखि ७ वर्षसम्मका बालबालिकाहरू लागि तयार गरिएको हो । हरेक किताबको पहिलो पानामा यसको प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न—गराउन मद्दत गर्ने कम्पनीले बताएको छ । यो विभिन्न देशमा सफल परीक्षणसहित प्रयोगमा आइसकेको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह