काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुध विकास संस्थान (डीडीसी) माथि छानबिन सुरु गरेको छ ।
संस्थानले म्याद सकिएको बटर बिक्रि गरेको देखिएपछि आयोगले यसबारे थप छानबिन सुरु गरेको हो । डीडीसीले पोखराको सुजल डेरीबाट ९६ हजार तीनसय केजी म्याद सकिएको बटरबाट घिउ बनाएर बेचेको पाइएको थियो ।
काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोजमा गरेको अनुगमनको क्रममा संस्थानमा म्याद सकिएको बटर भेटिएको थियो । उक्त बटर प्रयोग नगर्न भनिए पनि संस्थानले भने निर्देशनको अटेर गर्दै बिक्रि गरेको पाइएपछि खायोगले छानबिन अघि बढाएको हो ।
प्रतिक्रिया