Logo

अर्थनीति

विपद व्यवस्थापनका लागि विश्व बैंकले २० अर्ब ऋण दिने


GDP नेपाल
   १३ कार्तिक २०८१, मंगलबार


काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्ब ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

विपद सामनाको लागि विश्व बैंकले नेपाललाई दिने भएको करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोगमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन्।

‘नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, ‘नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्वास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ।’

प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ।


‘यो सहयोगले नेपाललाई संकटको समयको लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्नेछ,’ सम्झौतापछि अर्थसचिव राम प्रसाद घिमिरेले भने।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह