Logo

मुख्य समाचार

सेयर बजारमा ४६ अंकको वृद्धि, ६ अर्बको कारोबार


GDP नेपाल
   १३ कार्तिक २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ विन्दुमा पुगेको छ ।


आज बैंकिङ २४, विकास बैंक १२१, फाइनान्स १३, होटल तथा पर्यटन १७९, हाइड्रोपावर ६६, जीवन बीमा २३६, उत्पादन ६८, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा ४५९, अन्य ३२ र
ब्यापार उपसमूह १२ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक, सानीमा जीआईसी इन्स्योरेन्स र बुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज निफ्रा उर्जा ऋणपत्रको सेयर झण्डै २ प्रतिशतले घटेको छ ।



यस दिन ३१९ कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर ६ अर्ब १२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह