Logo

मुख्य समाचार

गुरुङले एमालेलाई तत्काल जग्गा दान दिन नपाउने, अदालतको अन्तरकालीन अन्तरिम आदेश


gdpnepal
   १२ कार्तिक २०८१, सोमबार


काठमाडौं । सर्वोच्च अदालतलले विवादित व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिने नेकपा एमालेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको हो । यसअघि अदालतले रिट नै दर्ता गर्न अस्वीकार गरे पनि अहिले भने मुद्दालाई महत्वका साथ अघि बढाएको छ ।

सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए ।

गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् । भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन् । आउँदो वर्षको घटस्थापनामा उनले भवन हस्तान्तरण गर्ने जनाएका छन् ।

ललिता निवास प्रकरणमा अदालतले दोषी ठहर गरेको विवादित व्यक्तिसँग सत्तारुढ दलले जग्गा दान लिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

 

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह