Logo

सूचना/प्रविधि

भीओएलटिईका प्रयोगकर्ताको संख्या साढे ५ लाख नाघ्यो


GDP नेपाल
   २३ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

गत जेठ पहिलो सातादेखि सञ्चालनमा आएको नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ ।

सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार भीओएलटिईका प्रयोगकर्ताको संख्या ५ लाख ६३ हजार ६२ पुगेको टेलिकमले जनाएको छ ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस क्वालिटिमा कुराकानी गर्न सकिने छ । भीओएलटिई सेवा देशभरका टेलिकमको फोरजी कभरेज भएका क्षेत्रमा उपलब्ध रहेको छ ।

भीओएलटिईबारे जान्नै पर्ने कुरा : 

भीओएलटिईको प्रयोग कसरी गर्ने ? 

१.    भीओएलटिई प्रयोग गर्न तपाईसँग भीओएलटिई भएको फोरजी मोबाइल फोन सेट हुन जरूरी छ । 
२.    तपाईको मोबाइल बनाउने कम्पनीले नयाँ सफ्टवेयर अपडेट केही दिएको छ की छैन् त्यो निश्चित गर्नुहोस् । 
३.    तपाईले टेलिकमको फोरजी सिम प्रयोग गर्नुभएको छ की छैन् त्यो निश्चित गर्नुहोस् । 
४.   तपाईको फोनमा भीओएलटिई भ्वाइस कलिङ फिचर इनेबल छ की छैन् त्यो हेर्नुहोस् । त्यसका लागि एन्ड्रोइडको सेटिङमा जानुहोस् । त्यसपछि मोबाइल नेटवर्कमा जानुहोस् र भीओएलटिई कल अन गर्नुहोस ।  
५. एउटै मोबाइलमा दुईवटा सीम प्रयोग गर्नेले टेलिकमको फोरजी सिम फोरजी÷थ्रीजी÷टुजी (अटो) नेटवर्क मोडमा राख्नुपर्छ । 

के तपाईको क्षेत्रमा भीओएलटिई उपलब्ध छ ? 

देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध छ ।

सिम र मोबाइलमा कसरी भीओएलटिई सेवा एक्टिभेट गर्ने ? 
टेलिकमको सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सुरुमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि भीओएलटीई सेवा एक्टिभेट गर्ने अप्सन छानेर भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । 

मोबाइलमा पनि भीओएलटिई सेटिङ इनेबल गर्नुपर्छ । त्यसपछि तपाईको फोनमा भीओएलटिई एक्टिभेट हुन्छ । केही नयाँ डिभाइस र सफ्टवेयर भर्सनमा भीओएलटिई सेटिङ नहुन सक्छ । यस्तो अवस्थामा भीओएलटिई डिफल्ट रूपमा इनेबल हुनेछ ।   

म भीओएलटिई सेवामा छु भनेर कसरी थाहा पाउने ? 

एन्ड्रोइड प्रयोगकर्ताले ‘HD/VoLTE’ आइकन स्क्रीनको टप बारेमा देखिने छ । साथै *१११# डायल गरेर पनि तपाई भीओएलटिई सेवामा भएको भेरिफाइ गर्न सकिन्छ ।

भीओएलटिईमा शुल्क कति छ ? 

भीओएलटिईमा कुनै थप शुल्क छैन । भीओएलटिई भनेको राम्रो नेटवर्कका लागि एउटा सुविधा मात्रै हो । 

भीओएलटिई सेवाका लागि मैले छुट्टै प्याक एक्टिभेट गर्न आवश्यक छ ? 

छैन् । अहिले भएकै योजनाले भीओएलटिई सपोर्ट गर्छ । 

भीओएलटिईको कुनै प्रमोसनल अफर छ ? 

छ । एकपटक भीओएलटिई इनेबल गरेपछि *१११# डायल गरेर  १०० मिनेट निःशुल्क भीओएलटिई भ्वाइस कल पाउन सकिन्छ । जसको अवधि २८ दिन रहेको छ । 

के भीओएलटिई कलले डाटा उपयोग गर्छ ? 

भीओएलटिई कलले डाटा उपयोग गर्दैन् । यसमा अरू बेला सामान्य कलहरुमा जस्तै शुल्क लाग्छ । 

कुन कुन फोनमा चल्छ टेलिकमको फोरजी ?

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ । 

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ । 

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ ।

नोकिया

नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४ फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

अन्य मोबाइलमा भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह