Logo

Banner-news

ग्लोबल आईएमईको इक्रा रेटिङ अब ‘ए’ ऋणपत्रको रेटिङ पनि स्तरोन्नति


GDP Nepal
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A मा स्तरवृद्धि गरेको हो ।

बैंकको विद्यामान ऋणपत्रको रेटिङलाई पनि [ICRANP] LA- बाट [ICRANP] LA मा स्तर वृद्धि गरेको जनाइएको छ ।

यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पूँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण लगायतका कारणले रेटिङमा स्तरोन्नति भएको हो ।

यस्तै, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रबर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व लगायतका तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको बैंकले जनाएको छ ।


ग्लोबल आइएमई बैंकले मुलुकभर तथामुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह