Logo

सूचना/प्रविधि

‘चरी जेलैमा’लाई प्रत्येक दिन १० लाख भ्युज


GDP Nepal
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौं । यस वर्षको लोकप्रिय तीज गीत ‘चरी जेलैमा’ सफलताको सिंढिमा उक्लिने क्रम जारी छ ।

गीत रिलिज भएको २३ औं दिनमा झन्डै २ करोड भ्युज पाइसकेको यो गीतले पछिल्ला पाँच दिनमा भने दैनिक औषत १० लाख भ्युज पाएको छ ।

भदौ २ गते सपना म्युजिकको युट्युब च्यानलमा रिलिज गरिएको यो गीतले बिहीबार मध्याह्नसम्म यस गीतले १ करोड ७७ लाख ६० हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

चार लाख ६२ हजार मात्र सस्क्राइबर रहेको सपना म्युजिकको युट्युब च्यानलमा राखिएको यो गीतमा तीन लाख सात हजारले लाइक गरेका छन् भने १७ हजार ९४२ कमेन्ट रहेको छ ।

विष्णु माझीको कालजयी श्वर, सुन्दरमणि अधिकारीको शब्द संगीत रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन पनि अधिकारीले नै गरेका छन् ।

गीत लोकप्रिय हुनुमा मदिरा र जुवाको कुलतमा लागेका श्रीमानको सजीव ब्याख्या गरिएका कारणले मात्र नभइ विष्णु माझीको विषयमा भइरहेको चर्चालाई पनि लिइएको छ ।

गीतमा मोडल ललिता पौडेलको सुन्दर नृत्य तथा अभिनयलाई पनि रुचाइएको छ । तीज गीत भएका कारणले तीजपछि भने यो गीतले हालकै अनुपातमा भ्युज पाउने अवस्था देखिँदैन ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह