काठमाडौँ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
‘बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकनलगायत शीर्षकको खर्च विविध कार्यक्रम खर्चमा विनियोजित बजेटमा कम्तीमा १० प्रतिशत कटौती गरेको छु, यसरी बचत भएको पाँच रुपैयाँ कोभिड विरुद्धको खोप खरिदमा खर्च गरिनेछ ’मन्त्री शर्माले भने ।
प्रतिक्रिया