काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट राज्यको दायित्व पूरा गर्न खोजिएको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने भएकाले बजेटलाई वितरणमुखी भन्न नहुने बताएका हुन् ।
त्यस्तै, मन्त्री शर्माले ३० गतेभित्र बजेट पारित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने “३० गतेभित्र बजेट पारित गर्नुपर्छ । ३० गते अध्यादेशको म्याद सकिन्छ । त्यसैले ३० गतेभित्र बजेट पारित गरौँ,” ।
प्रतिक्रिया