काठमाडौँ ।
असोज चार गतेदेखि दशैं तिहारका लागि नयाँ नोट सटही गर्न मिल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैं तिहारका अवसरमा राष्ट्र बैंकले तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट कमर्सियल बैंकहरुमा पठाएको छ ।
नयाँ नोट नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट लिन मिल्ने छ । त्यस्तै, प्रतिव्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने बताइएको छ ।
बैंकका अनुसार रु.५,१०,२०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा रहेको छ ।
प्रतिक्रिया