Logo

बैंक / बिमा /शेयर

सञ्चय कोषका सञ्चयकर्ताले केके सुविधा पाउँछन् ? यस्ता छन् शर्त र ब्याजदर !


GDP Nepal
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौं । कर्मचारी सञ्चय कोष बिहीबारदेखि ६० औं वर्षमा प्रवेश गरेको छ । कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताको ४ खर्ब ४४ अर्बभन्दा बढी सञ्चय कोष र निवृत्तभरण कोषको रकम रहेको छ ।

यो रकमको वित्तीय स्रोतको परिचालन गरी मुलुकको अग्रणी र ठूलो वित्तीय एवम् सामाजिक सुरक्षा प्रदायक संस्थाको हैसियतमा कोष रहेको पाइन्छ । सञ्चय कोषले निवत्तभरण कोष ऐन, २०७५ जारी भएपछि योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन गर्ने जिम्मेवारी समेत प्राप्त गरेको छ ।

जसअन्तर्गत नेपाल सरकारको विभिन्न सेवाका राष्ट्रसेवकका अतिरिक्त प्रदेश सरकार र स्थानीय तहका शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण योजनाको कार्यान्वयन पर्दछ । यसरी सरकारी एवम् सार्वजनिक क्षेत्रका सम्पूर्ण कर्मचारीको एकीकृत सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा कोषको कार्यक्षेत्र र दायरा विस्तारसहित सुस्पष्ट पनि भएको छ । यसैका आधारमा कोषको आगामी गन्तब्य र मार्गचित्र निर्धारण गरिएको छ ।

कोषलाई एकीकृत अवकाश कोषको माध्यमबाट सरकारी एवम् सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास गर्ने, वित्तीय स्रोतको सुरक्षित, प्रभावकारी, प्रतिफलयुक्त र दक्षतापूर्ण परिचालनका लागि उपयुक्त लगानीका क्षेत्र पहिचान गरी लगानी विविधीकरण गर्दै आर्थिक विकास र वित्तीय स्थायित्व कायम गर्न योगदान पुयाउने योजना रहेको निमित्त प्रशासक जितेन्द्र धिताल बताउँछन् ।

कोषबाट हाल कर्जा तथा सापटी सुविधा अन्तर्गत विशेष सापटी, घर सापटी शैक्षिक ऋण, सरलचक्र कर्जा, घर मर्मत सापटी लगायतका शीर्षकमा विभिन्न सुविधा उपलब्ध हुँदै आएका छन् ।

जसका लागि शर्त तथा ब्याजदर यसप्रकार छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह