Logo

सेयर बजार

माग पूरा नभएको भन्दै आमरण अनसन बस्ने तयारीमा लगानीकर्ता


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

पुँजीबजार सुधार सङ्घर्ष समितीले दोश्रो चरणको आन्दोलन सुरू गर्ने भएकाे छ । १८ बुँदे माग पूरा नभएको भन्दै युवा लगानीकर्ता आदित्य शिवाकोटी आज २ बजेबाट नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा आमरण अनसन बस्ने कार्यक्रम रहेको समितीले जनाएको छ ।

सरकारसमक्ष अघि सारेका मागहरुको बारे छलफल गरी टुंगो नलगाएको र झुलाउने काम मात्र भएको बताउँदै लगानीकर्ताहरुले दोस्रो चरणको विरोध कार्यक्रम सुरु गरेका छन् ।

उनीहरुले गत भदौ २१ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गर्दै १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । आफ्ना मागहरु सम्बोधन नभएको बताउँदै उनीहरु भदौ २३ गतेदेखि भदौ २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसनमा बसिरहेका थिए ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह