Logo

विकास / पूर्वाधार

गौतमबुद्ध रंगशाला निर्माणमा पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेसन, १६ करोड ऋण मात्रै


GDP नेपाल
   ३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको छ । रकम अभाव भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेसन पछि सरेसँगै रंगशाला निर्माणको काम ठप्प भएको हो ।

भरतपुर महानगरपालिका १५ मा निर्माणाधीन यस रंगशालाको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । चर्चित हास्यकलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले आमनागरिकबाट सहयोग संकलन गरी रंगशाला निर्माणको काम अघि बढाएका थिए । २०७५ माघ १६ गतेदेखि सुरु गरिएको रंगशाला निर्माण कार्यमा हालसम्म ५४ करोड रुपैयाँ खर्च भएको सीतारामले जनाएका छन् । त्यस्तै, उनले १६ करोड ऋण समेत रहेको बताएका छन् ।

आमनागरिकबाट सहयोग आइरहे पनि रंगशाला निर्माणको लागि रकम अभाव हुने र थप ऋण समेत लिन नसक्ने अवस्था भएपछि काम ठप्प भएको सीतारामले बताए । उनले आमनागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग गरे पनि यस प्रोजेक्टमा सरकारले सहयोग गरिदिए साढे दुई अर्बमा रंगशाला निर्माण सम्पन्न हुने बताएका छन् ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह