Logo

सूचना/प्रविधि

गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक


GDP नेपाल
   ३ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

आइसफल टेक्नोलोजिजले गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ । कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक गरेको हो।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामेरा छिटो र प्रयोग गर्न सहज हुने कम्पनीले दाबी गरेको छ। क्यामेराले प्रति सेकेन्ड ६० फ्रेमसम्म ५।३ केको उत्कृष्ट गुणस्तरको भिडिओ खिच्न सक्छ । साथै यो क्यामेराबाट २३ मेगापिक्सलको तस्वीर पनि लिन सकिन्छ। हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ।

नयाँ गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा फिचरहरूः
जिपिटू प्रोसेसर – दुई गुणा बढीको स्पिड
हाइपरस्मुथ ४.०
२३ मेगापिक्सल सेन्सर
६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडिओ
१२० फ्रेम प्रति सेकेन्डको दरमा फोर के भिडिओ
३३ फिटसम्म वाटरप्रुफ

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह