Logo

विकास / पूर्वाधार

३० करोड लगानीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा


GDP नेपाल
   ५ आश्विन २०७८, मंगलबार


देउखुरी ।

उद्योग वाणिज्य सङ्घ दाङ्द्वारा घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृह अन्तिम चरणमा पुगेको छ । करिब एक हजार क्षमताको सो सभागृह विसं २०७४ देखि निर्माण सुरुआत गरिएको थियो ।

जिल्लामा सभागृह नहुँदा राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न अप्ठेरो अवस्था थियो । घोराही उपमहानगरपालिका–१४ मा करिब रु ३० करोडका लगानीमा निर्माणाधीन सो सभागृहको काम करिब ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सङ्घका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले बहुउद्देश्यीय सभागृह निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार घोराही नगर विकास समितिले दिएको १२ कठ्ठा बढी जग्गामा सभागृह निर्माण सुरु गरिएको थियो । उहाँले भन्नुभयो, “सभागृह सम्पन्न भएपछि जिल्लालाई आर्थिक दृष्टिकोणले राहत मिल्ने छ ।”

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह