काठमाडौँ ।
केहीदिनदेखि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित विभिन्न माग गर्दै आन्दोलनमा उत्रेका पूँजीबजार सुधार संघर्ष समिति र धितोपत्र बोर्डबीच सहमति भएको छ ।
राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि विगत केही दिनदेखि लगानीकर्ताले धितोपत्रबोर्डको कार्यलय अगाडि आन्दोलनका साथै अनसन बस्दै आएका थिए ।
सहमति अनुसार समितिले अघि सारेका मागलाई ५ दिनभित्र नियमअनुसार अघि बढाउने बोर्डले बताएको छ । सम्झौता पश्चात बोर्डले आफ्ना माग सम्बोधन गर्ने पूर्ण विश्वास रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया