Logo

अर्थनीति

माओवादी अध्यक्ष दाहाल भन्छन्- निजी क्षेत्रसँग सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन


appharu
   २ बैशाख २०७५, आइतबार


जीडीपी नेपाल
बाग्लुङ, २ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्प गर्न सबैलाई आह्वान गरेका छन् ।

शनिवार बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गरे ।

‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ’ उनले भने, ‘निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामी आउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष दाहालले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षी दललाई आह्वान गरे । ‘नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष दाहालले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताए ।
‘एउटा सरकारले अगाडी सारेका कामहरू अर्को सरकारले आएर भत्काईदिने र अर्को नयाँ योजना अगाडी सार्दा नेपाली जनता जहिले पनि अन्योलमा जहिले पनि भ्रममा रहनुपर्ने बडो बिचित्रको विडम्बना पनि हामीले भोग्यौँ’, उनले भने, ‘नेपालको इतिहासमा यी सबै चुनैतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई,रोजगारीलाई मौलिक अधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौँ, यसले धनी र गरिबको बिचको दुरी घटाउने कुरा गरेको छ । ’

दाहालले२०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनि अपिल गरे ।

प्रकाशित : २ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह