Logo

बिजनेस होम

विदेशमा एकल महिलाबाट जन्मिएका बच्चालाई नेपाली नागरिकता: एनआरएनए


appharu
   १५ श्रावण २०७५, मंगलबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था गराउन माग गरेको छ ।
संघको लग्जेम्बर्गमा सम्पन्न ११औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला वैठक २०१८ पछि जारी घोषणापत्रमा त्यस्ता एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई अविलम्ब नागरिकता उपलब्ध गराउने र ति बच्चाहरुलाई विदेशबाट स्वदेश जान यात्रा अनुमति पत्रको व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
खाडी मुलुकमा घरेलु श्रमिकका रुपमा गएका नेपाली महिला घरमालिकबाट बलात्कृत भइ यसरी बच्चा जन्माउने गरेका छन् । उनीहरुका सन्तानलाई एनआरएनएले नेपाली नागरिकताको माग गरेको हो ।

बैठकले जारी गरेको घोषणापत्रमा संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकतासम्बन्धी व्यवस्था असोजसम्म कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।
१५ बुँदे घोषणापत्रमा संघले अक्टोवर १२–१४, २०१८ मा काठमाडौंमा आयोजना गर्नेपहिलो विश्व विज्ञ सम्मेल सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आग्रह गरेको छ ।
यस्तै, नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैर आवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली (भोकेशनल शिक्षा) लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह