Logo

मुख्य समाचार

पर्यटकलाई अनअराइभल भिसा खुल्यो, यस्ता छन् शर्त


GDP नेपाल
   ७ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

कोरोना महामारीका कारण केही समय यता रोकिएको अनअराइभल भिसा खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै विभिन्न सर्तमा भिसा खुलाएको हो । महामारीका कारण सरकारले यसअघि ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

सरकारका अनुसार अब कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएर १४ दिन पूरा भएका र ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएमा पर्यटक नेपाल घुम्न आउँन सक्नेछन् । त्यस्तै, विदेशी नागरिकलाई अध्यागमन विन्दूमा अनअराइभल भिसा दिइने र एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइनेछ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह