Logo

विकास / पूर्वाधार

जुम्लामा १३७ किमी सडकको ट्र्याक तयार


GDP नेपाल
   ८ आश्विन २०७८, शुक्रबार


खलङ्गा ।

पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भन्नुभयो,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ” कार्यालयका अनुसार सडक स्तरोन्नति चाै‌डा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १.३५ किमी बनेको छ ।

जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हुँदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको जनाइएको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।

आव २०७७/७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह