Logo

मुख्य समाचार

गगन थापाले आज आफूमाथिको आरोपको जवाफ दिने


appharu
   १५ श्रावण २०७५, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले चिकित्सा शिक्षा अध्ययनका लागि चीन, फिलिपिन्स बंगलादेश जाने नेपाली विद्यार्थीबारे दिएको भनिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्ने भएका छन् ।

दुई साताअघि नयाँ वानेश्वरमा सोलिडारिटी फर डा. गोविन्द केसीको कार्यक्रममा चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीका सम्बन्धमा उनले बोलेका कुरा तोडमोड गर्दै प्रकाशन तथा प्रशारण भएपछि थापाले फेसबुक लाइभमार्फत स्पष्ट पार्ने भएका हुन् ।

थापाको अभिव्यक्तिलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मिडिया र पत्रकारले प्रचारबाजी गर्दै विदेशमा अध्ययनरत विद्यार्थीलाई समेत उक्साएपछि थापाले स्पष्ट पार्न लागेको उनका सहयोगी सविन मुडभरीले जानकारी दिए ।

बंगलादेशमा अध्ययनरत छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका झापाको बी एन्ड सी अस्पतालका अध्यक्ष दुर्गा प्रसाइँ र राजीनामा दिएका कानुनमन्त्री शेरबहादुर तामाङजसरी नै दोषी देखाउने प्रयाशमा केही मिडिया लागेपछि थापा प्रतिवादमा उत्रिन लागेका हुन् ।

थापाले गलत अभिव्यक्ति दिएको भन्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले माफी माग्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह