Logo

कर्पोरेट-बजार

बुद्ध एयरले भन्यो: जहाज सुरक्षित अवतरण, हवाई सुरक्षामा शून्य सहनशीलता !


GDP Nepal
   ११ आश्विन २०७८, सोमबार


काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज सुरक्षित रुपमा काठमाडौं फर्काएर अवतरण गरिएको उल्लेख गर्दै हवाई सुरक्षामा शून्य सहनशीलताको नीति अंगिकार गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ ।

सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरेका थिए ।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निर्णय गरिएको उल्लेख छ। काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइएको उल्ल्ेख छ ।

जहाजमा बयस्क ६८, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेका थिए ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह