Logo

सूचना/प्रविधि

नेपाल टेलिकम भैरहवाले एनटी टीभीमा आईपी टीभी संचालन, १८५ वटासम्म च्यानलहरु हेर्न सकिने


GDP Nepal
   ६ असार २०७८, आइतबार


काठमाडौं ।  नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गते देखि एफटीटीएच मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइ रहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराए पश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल वितरित एनटी टीभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकहरुलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टीभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरू र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरू हेर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित : ६ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह