काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डबीच भेटवार्ता भएको छ ।
टेकुस्थित महासंघको सचिवालयमा भएको भेटघाटमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगाएतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई पक्षबीच सो योजनाहरुको कार्यान्वयन लगायत सहकार्य गरिने बिषयमा चर्चा भएको थियो ।
छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताएका थिए ।
प्रतिक्रिया