Logo

बिजनेस होम

पर्यटन बोर्डका सीईओको पुरानो पोष्ट भाइरलः प्रधानमन्त्री ‘मगज बिग्रेको’ र ‘जँड्याहा’ !


GDP Nepal
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लेखेको फेसबुक स्टाटस अहिले भाइरल बनेको छ । देउवा पछिल्लोपटक गत असार २९ गते पाँचौंपटक प्रधानमन्त्री भएलगत्तै सीईओ रेग्मीले आफ्नो फेसबुक टाइमलाइनबाट हटाएको उक्त पोष्टको स्क्रिनसट भने सामाजिक सञ्जालमा यत्रतत्र रहेको छ छ ।

रेग्मीले त्यतिबेला ‘शेरबहादुर देउवालाई बहिस्कार गरौं’ शीर्षकमा रहेको शुभदिन नामक एक अनलाइनको लिंक सेयर गरेका छन् । जसमा उनले संक्षिप्त रुपमा ‘म तैयार’ लेखेका छन् ।

यत्तिले मात्र नपुगेर उनले दोस्रोपटक आफ्नै पोष्ट शेयर गर्दै लेखेका छन्, ‘नेपालमा मेन्टल डाक्टर छैनन् कि क्या हो ? एकपटक यो शेरेलाई चेक गरौं न हो । त्यसको बिग्रेको दिमागले र रक्सीको मातले गरेको निर्णय हामी जनतालाई स्वीकार्य छैन ।’

नेकपा एमाले निकट रेग्मीलाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको कार्यकालमा बोर्डको सीईओमा नियुक्ति गरिएको थियो । पर्यटनसम्बन्धी ज्ञान नभए पनि एमाले कार्यकर्ता भएकै कारण उनी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बोर्डको सीईओमा नियुक्त भएका थिए ।

शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भइसकेपछि सीईओले सुटुक्क हटाएको उनको पोष्ट केही दिनयता चर्चामा रहेको छ । विभागीय मन्त्रीसमेत प्रधानमन्त्री देउवा नै रहेको अवस्थामा आफैंले मेन्टल डाक्टरलाई देखाउनुपर्ने र रक्सीको मातले निर्णय गर्ने गरेको भनेर टिप्पणी गर्ने सीईओ रेग्मी बोर्डभित्र पनि अनेक काण्डका कारण बदनाम बन्दै गएका छन् ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह