रसुवा ।
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ७४ प्रतिशत काम सम्पन्न भएको छ । सबस्टेसनतर्फ ५० र प्रसारण लाइन निर्माणतर्फ ४५ प्रतिशत काम सकिएको आयोजनाले बताएको छ ।
७९ वटा टावरमध्ये चार वटा टावर, ३१ वटाको फाउण्डेसन निर्माण लगाएत सबस्टेसनतर्फ कन्ट्रोल रुम बिल्डिङ, प्रोटेक्सनको काम भइरहेको जनाइएको छ । २०७४ साल पुस ५ देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०७६ साल जेठ ३० मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो ।
प्रतिक्रिया