Logo

विकास / पूर्वाधार

टरिगाउँ विमानस्थलका लागि ५५ लाख बिनियोजन


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


तुलसीपर ।

दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रु ५५ लाख बजेट बिनियोजन गरिएको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ ।

वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट बिनियोजन हुन सकेको थिएन । बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।

यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उहाँको भनाइ छ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह