काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरुको डिमाण्ड शुल्क नबढाउन माग गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाललाई ज्ञापनपत्र बुझाएको छ ।
महांसघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको नेतृत्वमा गएको टोलीले डिमाण्ड शुल्क र महसुल बढाउने सिफारिस कार्यान्वयन नगरी उद्योगहरुलाई सहुलियत दरमा विद्यत उपलब्ध गराउन निर्देशन जारि गर्न मन्त्री भुसाल समक्ष आग्रह गरेको हो ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणले २०७५ फागुनदेखि विद्युत खरिद सम्झौता पिपिए रोकिएमा त्यसलाई तत्काल सुचारु गर्न माग राखेको छ ।
प्रतिक्रिया