Logo

विकास / पूर्वाधार

भेरी बबई सिँचाइमा टीबीएम मेसिनको चमत्कार, एकै दिन ५२ मिटरसम्म सुरुङ खनियो


appharu
   १७ श्रावण २०७५, बिहिबार


काठमाडौं । प्रविधिको उचित प्रयोगले लागत र समयको कति बचत हुन्छ भन्ने उदाहरण पश्चिम नेपालको भेरी बबई सिँचाइ परियोजनामा प्रयोग भएको टनेल बोरिङ मेसिन (टीबीएम)को काम हेरे पुग्छ ।

नेपालमै पहिलोपटक भित्र्याइएको यो टीबीएम प्रविधिबाट सुरुङ खन्दा एकै दिन ५२ मिटरसम्म सुरुङ छेड्न सफल भएको छ । यस्तै, टिबीएमले हालैमात्र सबैभन्दा संवेदशनशील क्षेत्रसमेत सजिलै पार गरेको छ ।

आयोजनाका अनुसार टीबीएम ल्याउन डेढ महिना समय लागेको थियो भने जडान गर्न एक महिना लागेको थियो । चिनियाँ ठेकेदार कम्पनी कोभेकले ल्याएको मेसिनको सफलतासँगै आयोजनाका अधिकारीहरु हौसिएका छन् ।
उनीका अनुसार ड्रिलिङ र ब्लाासटिङ प्रविधिमार्फत सुरुङ निर्माण गर्दा कम्तीमा १५ वर्ष लाग्ने भएपनि टीबीएमबाट २८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिँचाइसँगै चार वर्षभित्र ४८ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सल्यान र दाङ हुँदै बग्ने भेरी नदीको पानीलाई बबईमा ल्याउने गरी इन्टर–बेसिन वाटर ट्रान्सफर गरी बन्न लागेको आयोजना नेपालकै ठूलो हो । ४० क्यूमेक्स पानी जम्मा हुने आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नेछ । बार्षिक रूपमा आयोजना बनेपछि सिँचाइतर्फ ३ अर्ब र जलविद्युत्तर्फ ४ अर्ब प्रत्यक्ष फाइदा हुनेछ । आयोजनाको समय नयाँ प्रविधिले घटाएसँगै यसबाट करिब १ खर्ब रुपैयाँ जोगिने अनुमान गरिएको छ ।

सन् २००१ जापान सहयोग नियोग (जाइका) को सहयोगमा विद्युत् विकास विभागले अध्ययन गरेको आयोजना ८ वर्षअघि सिँचाइ मन्त्रालयअन्र्तगत अघि बढेको थियो । ५ वर्षअघि टीबीएम प्रविधि ल्याउनका लागि पहल भएपनि सन् २०१५ मा प्रक्रिया अघि बढाइएको नयाँ प्रविधि चार महिनाअघि मात्र नेपाल भित्रिएको थियो ।

सुरुङ छिटो बन्दा सिँचाइको निर्माण अवधि १३ वर्ष घट्ने तथा जलविद्युत्को ११ वर्ष घट्ने कारण यसबाट यति धेरै रकम जोगिने आयोजनाका अधिकारीहरू बताउँछन् ।

नयाँ प्रविधिले माटो खन्ने, निकाल्ने, अस्थायी सपोर्ट दिने, पूरै सुरुङ खनेपछि कङक्रिट लाइनिङ गर्ने जस्ता कामलाई विष्थापन गरेरे सुरुङ खनेपछि सेगमेन्ट हाल्ने र एकै साथ सम्पन्न हुने हुनाले यसले पहिला भने सुरुङ निर्माण पूरा भएपछि दुई/तीन वर्ष क्रकिट सम्पन्न गर्न सक्ने अवस्थाको समेत अन्त्य गरेको छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह