Logo

राजनीति

बिना निष्कर्ष टुंगीयो सर्वदलीय बैठक


GDP नेपाल
   १४ आश्विन २०७८, बिहिबार


काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगीएको छ । बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई बैठकमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।

कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने,‘प्रधानमन्त्रीले अर्को बैठकमा पुन : एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिने जानकारी गराउनु भयो।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको छ।’ संसद् सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइए पनि अभ्यक्ष ओली सहभागी नभएपछि बैठक बिना निष्कर्ष टुंगीएको हो ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह