Logo

कर्पोरेट-बजार

दोहोरो कर हटाउन नेपाल ब्रिटेन चेम्बरको आग्रह, आर्थिक कुटनीतिमा जोड


GDP Nepal
   १४ आश्विन २०७८, बिहिबार


काठमाडौं । नेपाल ब्रिटेन उद्योग वाणिज्य संघले दोहोरो करसम्बन्धी व्यवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । संघका अध्यक्ष उद्योगी राजेन्द्रकुमार खेतान र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्कर कर्णबीच बुधबार भएको छलफलमा दुई मुलुकमा दोहोरो करको अन्त्य गर्नुपर्ने धारणा संघले राखेको हो ।

दोहोरो कर अन्त्यका लागि दोहोरो करमुक्ति सम्झौता (डीटीएए) आवश्यक रहेको संघले जनाएको छ । छलफलमा सहभागी ग्लोबल इक्विटी फन्डका मनिष थापाका अनुसार दुई मुलुकबीच लगानी प्रबर्द्धनका लागि दोहोरो करमुक्ति सम्झौता अनिवार्य रहेको संघले धारणा राखेको र यससम्बन्धी गृहकार्यका लागि सचिव कर्णसमक्ष आग्रह गरिएको थियो ।

सो अवसरमा आर्थिक कुटनीतिका माध्यमले बेलायतबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा संघका तर्फबाट अध्यक्ष खेतानसहित मनिष थापा रोशन राठी सहभागी थिए ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह