कामना सेवा विकास बैंकले विश्व दृष्टि दिवसको अवसरमा नेपाल आँखा अस्पतालसँगको सहकार्यमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसाथ गरी Unifocal Reading Glass को सेवा शुभारम्भ गरेको छ ।
यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका छन् ।
बैंकले यस अगाडि पनि visually impaired व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।
प्रतिक्रिया