काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूची अनुसार १०२ वटा सूचीकृत कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।
प्रतिक्रिया