काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेको विषयप्रति नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काट्ने प्राधिकरणको निर्णय दण्डनीय अपराध भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै दूरसञ्चारले तार काट्दा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको बताउँदै यस कार्यमा संलग्न जो कोहीलाई कारवाहीको माग गरेको छ ।
प्रतिक्रिया