काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै बैंकले २०७८ कार्तिक २ गतेदेखि आगामी वर्ष २०७९ कार्तिक २ गतेसम्म कुल ३६६ दिनका लागि सो कोषको रकम लगानी गर्न जनाएको छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकहरुका लागि ८ करोड ४० लाख र बाँकी रहेको २ करोड ८० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याएको छ ।
प्रतिक्रिया