Logo

कर्पोरेट-बजार

नयाँ भाडादर कायम गर्न माग राख्दै आन्दोलनमा उत्रिए यातायात व्यवसायी


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

नयाँ भाडादर कायम नभएको जनाउँदै उपत्यकाका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यवसायीले उपत्यकाको रिङरोडलगाएतका ठाउँहरुमा रोडमै गाडी तेर्साएर सडक अवरुद्ध गरेका छन् ।

सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको व्यवसायीले बताएका छन् । रोडमा दर्जनौँ गाडी तेर्साइएका कारण सवारी आवत जावतमा समेत समस्या भएको ट्राफिक प्रहरलिे जनाएको छ । प्रहरीका अनुसार तोकिएको भन्दा बढी भाडा लिने ५१८ गाडीलाई कारवाही गर्न खोजेपछि विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

त्यस्तै, सवारी साधन नचलेपछि दैनिक आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह