काठमाडौँ ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।
काठमाडौंबाट नेपालगन्ज जानका लागि पार्किङमा यात्रु राखेर रनवेमा जाने क्रममा श्रीको ९ एन एएनएफ जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
घाँसै मैदानमा चिप्लिएका कारण कुनै क्षति नभएको एयरलाइन्सले जनाएको छ । विमानस्थल स्रोतका अनुसार हाल जहाजलाई घाँसे मैदानबाट निकाल्ने कार्य भइरहेको छ ।
प्रतिक्रिया