सोमबार बेलुका ६ घण्टा फेसबुक सर्भर डाउन भएसँगै फेसबुकका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई खर्बौको नोक्सानी भएको छ ।
सोमबार राति फेसबुक डाउन भएका कारण जुकरबर्गले ६ बिलियन डलर अर्थात ७ खर्ब नेपाली रुपैयाँ गुमाउनु परेको हो । खर्बौ रुपैयाँ नोक्सान भएसँगै जुकरबर्ग अर्बपतिको सूचीबाट समेत दुई स्थान तल झरेका छन् ।
सोमबार फेसबुकका साथसाथै इन्स्टाग्राम‚ ह्वाट्सएपलगाएतका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारसेवा केही घण्टाका लागि अवरुद्ध भएका थिए ।
प्रतिक्रिया