मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुला गरेको हो ।
कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।
एक सय रुपैयाँ अंकित दरका कम्पनीको सेयरका लागि लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरूले छिटोमा असोज २५ गतेदेखि ढिलोमा कार्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया