Logo

बैंक / बिमा /शेयर

बुद्धभूमि हाइड्रोको आईपीओ बाँडफाँड, साढे १९ लाख आवेदकको हात खाली


GDP नेपाल
   २२ आश्विन २०७८, शुक्रबार


बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।

बाँडफाँडमा ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् भने १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह