Logo

सूचना/प्रविधि

बंगलादेश सरकारले मोबाइल इन्टरनेट काट्यो, लाखौं विद्यार्थी सडकमा


appharu
   २० श्रावण २०७५, आइतबार


ढाका । बंगलादेश सरकारले मोबाइल इन्टरनेट सेवा एक्कासी बन्द गरेको छ ।

सडक दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएपछि हिंसात्मक प्रदर्शनले उग्र रुप लिँदा सरकारले यसलाई मत्थर पार्न मोबाइल इन्टरनेट सेवा रोकेको हो ।

सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले पुष्टि गरेका छन् ।

तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् ।

ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररुप लिएपछि कम्तीमा १ सयजना घाइते भएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार, प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरु भर्ना गरिएको थियो ।
देशको सबैभन्दा बढी बिक्री हुने अखबार प्रोथोम आलोले पनि प्रदर्शनहरु हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा

अवरुद्ध भएको जनाएको छ ।

प्रकाशित : २० श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह